मंगलबार, भदौ २४, २०८२

थाइल्याण्डमा युवा नेतृत्वको नयाँ दलको उदय

 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

थाइल्याण्डका मतदाताले सैन्य शासनविरूद्ध मत जाहेर गरेका छन्। संसदीय चुनावमा मुलुकका संस्थाहरुको सुधार गर्ने प्रतिवद्धता जनाएको प्रतिपक्षी दलले धेरै सिट जितेको छ।

Kumaribank

५०० सिटका लागि भएको निर्वाचनमा मुभ फर्वाड दलले १५१ सिट जितेको छ। पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको दल फियू थाइले १४१ स्थानमा जित निकाल्दा वर्तमान प्रधानमन्त्री प्रयुथ चान नेतृत्वको गठबन्धनले जम्मा १५ प्रतिशत सिटमात्र जितेको छ।

विश्लेषकहरूले यस नतिजालाई राजनीतिक भूकम्प भनेका छन्। यो नतिजाले सैन्य सरकारलाई अस्वीकार गरेको विश्लेषकहरूको मत छ। बहुमततर्फ अघि बढ्दै गर्दा मुभ फर्वाडका नेता पिटा लिमजोर्रेन्टले भनेका छन्, ‘हामीले निर्वाचनका लागि कडा परिश्रम गरेका थियौं। विगतका दशकमा जनताले धेरै सास्ती भोगे। थाइल्याण्डमा अब नयाँ बिहानीको सुरूवात भएको छ।’

नतिजापछि फियू थाइले मुभ फर्वाडसँग गठबन्धन गरेर अघि बढ्ने बताएको छ। सैन्य शासकले सत्ता हस्तान्तरण नगर्ने सम्भावना पनि उत्तिकै रहेको कतिपयको मत छ। सैन्य कू को सम्भावना नरहे पनि अदालतमार्फत मुभ फर्वाडको वैधताको सवालमा प्रश्न उठाउने सम्भावना भने रहन्छ। सन् २०२० मा फ्युचर फर्वाडको वैधता पनि खारेज गरिएको थियो।

राजतन्त्र सम्बन्धी कानुन संशोधनको मागसहित सन् २०२० मा थाइल्याण्डमा आन्दोलन चर्किएको थियो। त्यसको अग्रपंक्तिमा यही दलका नेताहरू उभिएका थिए। २०२० को आन्दोलनमा होमिएका युवाहरूलाई आकर्षित गरेर नै मुभ फर्वाड सत्ता नजिक पुगेको छ।

Metro Mart

५ करोड २० लाख मतदाता रहेको थाइल्याण्डमा १४ प्रतिशतमात्रै युवा मतदाता थिए।  
 

प्रकाशित: May 16, 2023| 09:00 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्