मंगलबार, भदौ २४, २०८२

मेलम्चीको पानी १० दिन काठमाडौं नआउने

 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा वितरण गरिएको पानी यही महिनाको ५ देखि १५ गतेसम्म बन्द गरिने भएको छ। मर्मतका लागि सुरुङ बन्द गरेर पानी वितरण रोकिने भएको हो।

Kumaribank

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। गत मंसिरदेखि मेलम्चीको पानी काठमाडौंको चक्रपथभित्रका अधिकांश स्थानमा वितरण गरिएको छ।

केयूकेएलका अनुसार मेलम्चीको पानी बन्द भएपछि पुरानो स्रोत सीमित हुने भएकाले पानी वितरणको तालिका हेरफेर हुनेछ। कुन स्थानमा कुन दिन पानी वितरण गर्ने त्यसको तालिका केयूकेएलले वेवसाइट र सामाजिक सञ्जालबाट सूचना प्रवाह गर्नेछ।

सिन्धुपाल्चोक हेलम्बुको अम्बाथानस्थित हेडवर्क्सको गेट नम्बर १ र ९ अडिट सुरुङमा मेकानिकल पार्ट्सको जडान गरिने भएको छ। आयोजनाका कार्यकारी निर्देशक कमल प्रसाद श्रेष्ठका अनुसार हेडवर्क्स मर्मत गरेर सकेसम्म वर्षामा पनि पानी वितरण नरोकिने गरी संरचना बनाइनेछ।

२०७८ असारमा आएको बाढीले आयोजनाको हेडवर्क्सलाई क्षति गरेको थियो। हेडवर्क्स अहिलेसम्म पनि बनेको छैन। बाढीको खतरा कायम रहेकाले अस्थायी रुपमा मात्र पानी काठमाडौं ल्याइएको छ।
 

Metro Mart

प्रकाशित: May 16, 2023| 08:45 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्