मंगलबार, भदौ २४, २०८२

रोमानिया पठाइदिन्छु भनेर १८ लाख ठग्ने पक्राउ

 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

Kumaribank

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए।

विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए। उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: May 16, 2023| 06:13 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्