बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालेनले आफ्नो नम्बर सार्वजनिक गर्दै भने- महानगरका कर्मचारीले घूस मागे भन्नु

बालेनले आफ्नो नम्बर सार्वजनिक गर्दै भने- महानगरका कर्मचारीले घूस मागे भन्नु

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कुनै कर्मचारीले घूस मागे प्रमाणसहित उजुरी गर्न आग्रह गरेका छन्।

आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै उनले यस्तो आग्रह गरेका हुन्। मोबाइल आफूले मात्र बोक्ने भएको हुनाले विवरण पठाउनेको नाम गोप्य राखिने उनले जनाएका छन्।

उनले फेसबुकमा भनेका छन्, 'हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं। हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारको पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो-अडियो सहित। कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला। हामीलाई 9863592011 मा whatsapp मा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ।'

प्रकाशित: May 15, 2023| 21:00 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्