बुधबार, भदौ ३, २०८३

नक्कली शरणार्थी प्रकरण: पूर्वसांसद शेर्पाले गरे आत्मसमर्पण

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका पूर्वसांसद आङ्टावा शेर्पाले आत्मसमर्पण गरेका छन्। शेर्पाले आज टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थयो।

यही प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलगायत हिरासतमा छन् भने हिजो राति एमाले नेता टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। रायमाझीलाई तिन दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित: May 15, 2023| 19:18 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्