बुधबार, भदौ ३, २०८३

तनहुँमा बस दुर्घटना, २७ यात्रु घाइते

सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग१ख९६३५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २७ यात्रु घाइते भएका हुन्।
 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्।
सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग१ख९६३५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २७ यात्रु घाइते भएको प्रहरीले बताएको हो।

घाइतेमध्ये ६ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट क्षेत्रीको नेतृत्वको टोलीले घाइते यात्रुको उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गराएको छ।

दमौलीस्थित रत्नहरि अस्पतालमा पर्वतको फलेबास नगरपालिका १० का २१ वर्षीय  विष्णुप्रसाद चपाईको उपचार भइरहेको छ भने बाँकी अन्य घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 15, 2023| 16:38 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्