मंगलबार, भदौ २४, २०८२

सेनाविरुद्ध किन खनिए इमरान खान ?

पाकिस्तानी सेनाले पूर्वी पाकिस्तान (हालको बंगलादेश) का जनतामाथि अत्याचार गरेपछि त्यहाँ विद्रोह भएको तर्क उनले गरे।
 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेनाको दमनका कारण पाकिस्तान टुक्रिएको र बंगलादेश बनेको आरोप लगाएका छन्।

Kumaribank

पाकिस्तानी सेनाले पूर्वी पाकिस्तान (हालको बंगलादेश) का जनतामाथि अत्याचार गरेपछि त्यहाँ विद्रोह भएको तर्क उनले गरे।

उनले सन् १९७१ मा सेनाले  त्यहाँको निर्वाचित पार्टीलाई सरकार गठन गर्न दिएको भए आफ्नो देशका ९० हजार सैनिक बन्दी बन्नु नपर्ने समेत बताए। पाकिस्तान अहिले कठिन अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले यसमा सेना जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन्। पूर्वप्रधानमन्त्री खानले पाकिस्तानमा लोकतन्त्र अहिले इतिहासकै तल्लो स्तरमा  झरेको पनि बताएका छन्।

खानले शाहबाज शरिफको सरकारविरुद्ध पनि धारणा राखेका छन्। उनले सन् १९७१ को युद्धमा भारतसँग पाकिस्तानको पराजयको स्मरणसमेत गराएका छन्। अल कादिर ट्रस्ट मुद्दामा जमानत पाएपछि शनिबार राष्ट्रलाई सम्बोधन गरेको भिडियोमा इमरानले भनेका छन्, 'पाकिस्तानमा मानिसहरूलाई धम्की दिएर नियन्त्रण गर्ने प्रयास भइरहेको छ। मिडियालाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। सेनाले मानिसहरूलाई धम्की दिएर र लाठीले कुटेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।'

pakistan1683679231.jpgइमरान खान पक्राउ परेपछि पाकिस्तानमा भड्किएको हिंसा
केही दिनयता पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ। पूर्वप्रधानमन्त्री खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शन हिंसात्मक बन्दा १२ जनाको ज्यान  गइसकेको छ। आफूलाई देशद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना सेनाले बनाएको खानले बताएका छन्। सेनासँग इमरानको सम्बन्ध राम्रो छैन। सैनिक अधिकारी र इमरानबीच आरोप-प्रत्यारोप सामान्य भइसकेको छ।

Metro Mart

उता पाकिस्तानको पञ्जाब प्रान्तमा स्थिति नियन्त्रण गर्न राज्य सरकारले सेना बोलाउने निर्णय गरेको छ। पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत पञ्जाब राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको हो।

यस धारामा जिल्ला प्रशासनलाई सहयोग गर्न सेनाको सहयोग लिने व्यवस्था गरिएको छ। पञ्जाब प्रान्तको गृह विभागले सेनाका दश कम्पनी तैनाथ गर्न माग गरेको छ। उनीहरूलाई लाहोर, मुल्तान, रावलपिंडी, फैसलावाद र अन्य केही जिल्लाहरूमा तैनाथ गरिने छ। 

को हुन् खान?

पाकिस्तानलाई सन् १९९२ को विश्वकप जिताएका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार इमरान खान सफल खेल जीवनपछि राजनीतिमा प्रवेश गरेका हुन्। लाहोरका बासिन्दा रहेका उनले क्रिकेटबाट अवकाश लिएपछि आफ्नी आमाको सम्झनामा क्यान्सर अस्पताल स्थापनाका लागि अभियान चलाएका थिए। त्यसक्रममा दशौं लाख डलर संकलन भएको थियो।

उक्त परोपकारी कामले गर्दा उनको विलासी जीवनशैली छायामा पर्‍यो अनि उनलाई राजनीतिमा प्रवेश गर्न सहज भयो। सन् २०१८ को जुलाईदेखि २०२२ अप्रिलसम्म पाकिस्तानको तेहरिक ए इन्साफ (पीटीआई) दलको प्रमुखका रूपमा खान पाकिस्तानको प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्रीबाट हटाइएपछि खानले निरन्तर अविलम्ब चुनाव गराउनुपर्ने मागसहित पैरवी गर्दै आएका छन्। पाकिस्तानमा यसै वर्षको अन्त्यतिर चुनाव गर्न लागिँदैछ। खानका सहयोगीहरूका अनुसार उनीविरुद्ध १०० भन्दा बढी मुद्दा छन्।

झन्डै २३ करोड जनसंख्या रहेको पाकिस्तानमा खान ज्यादै लोकप्रिय छन्। धेरैले अहिलेको लफडाले खानलाई आफ्नो आधार क्षेत्रमा थप लोकप्रिय बनाउने बताइरहेका छन्।

प्रकाशित: May 15, 2023| 16:20 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्