मंगलबार, भदौ २४, २०८२

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासत राख्न अदालतको अनुमति

रायमाझी पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरण धन्धा चलाएर करोडौं रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ।
 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद एवं एमाले नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Kumaribank

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरी नक्कली शरणार्थी प्रकरणबारे थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत लगेको थियो। पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझी आइतबार राती बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए।

रायमाझी पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरण धन्धा चलाएर करोडौं रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ।

प्रहरीले रायमाझीलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नेछ। यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको थियो। खाणलाई आजै सरकारी वकिलको कार्यालयमा लगेर सोधपुछ गरिएको थियो।

प्रकाशित: May 15, 2023| 15:40 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्