मंगलबार, भदौ २४, २०८२

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको हो। 
 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं– नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

Kumaribank

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह–सेनानी विष्णुबल राई, सहसेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ।

उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन्। यसअघि गत ४ वैशाखमा सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।

गत १४ चैतमा जंगी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झन्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो। 

उक्त अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार ३११ किलो फोहोर संकलन भइसकेको छ। यो अभियान विश्व वातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ।

Metro Mart

प्रकाशित: May 15, 2023| 15:24 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्