मंगलबार, भदौ २४, २०८२

गोरखामा जिप पल्टिँदा एक जनाको मृत्यु, पाँच घाइते

दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ का ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। 
 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं– गोरखामा गए राती भएको जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

Kumaribank

गोरखाको गण्डकी गाउँपालिका–६ घौचुरमा बा०१–०२५च६२०४ नम्बरको बलेरो जिप सडकबाट झन्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ का ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गंगामाया थापा छन्। घाइतेकोे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक  लामिछानेले बताए। दुर्घटनाको कारण खुल्न नसकेको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Metro Mart

प्रकाशित: May 15, 2023| 13:45 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्