मंगलबार, भदौ २४, २०८२

लागूऔषधसहित ९ जना पक्राउ    

प्रहरीले बर्दिया, बाँके, मोरङ, कैलालीलगायत स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो।
 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मुलुकका विभिन्न स्थानमा अवैधा लागूऔषधसहित ९ जना पक्राउमा परेको जनाएको छ। प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ३६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Kumaribank

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत घर भएका २३ वर्षीय दीपककुमार पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी४०आर३४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बाँकेको नेपालगञ्ज उपमहानगर–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ९ ग्रामसहित सोही उपमहानगर–४ देवाफूलबारीका २८ वर्षीय साद्दव खाँनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यस्तै, मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने करिब २९० मिलिग्रामसहित २ जनालाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय निर्मलकुमार सिंह र १९ वर्षीय धीरजकुमार सिंह रहेका छन्।

Metro Mart

सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर३८एस ०३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो। 

कैलालीको टीकापुर नगरपालिका–१ सतघरुवाका २८ वर्षीय प्रकाश चौधरीसमेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्रामसहित आइतबार राती प्रहरीले पक्राउ गरेको छ।

चौधरीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कैलालीको टीकापुर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–१ ज्योतीनगर डेरा गरी बस्ने अछाम विनायक पञ्चदेवल नगरपालिका–७ पुल्यतोलाका १८ वर्षीय किशोरलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 15, 2023| 13:34 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्