बुधबार, भदौ ३, २०८३

सरकारी वकिल कार्यालयमा लिइँदै बालकृष्ण खाणको बयान

नक्कली भुटानी शरणार्थी धन्धा चलाएर करोडौं ठगेको आरोपमा पक्राउ परेका खाणलाई सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको हो।
 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालय बबरमहलमा बयान लिन थालिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धा चलाएर करोडौं ठगेको आरोपमा पक्राउ परेका खाणलाई सरकारी वकिल कार्यालय लगिएको हो।

खाणलाई प्रहरीले गत २७ वैशाखमा निजी निवास चावहिलबाटै पक्राउ गरेको थियो। खाणलाई अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सरकारी वकिलले बयान लिइरहेका छन्। पूर्वमन्त्री खाणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले पुष्टि गरे।

आइतबार उनीसहित १२ आरोपितमाथि अदालतबाट चार दिने म्याद थप गरेको प्रहरीले सोमबार बयानका लागि लगेको हो।

प्रकाशित: May 15, 2023| 11:42 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्