बुधबार, भदौ ३, २०८३

नारायणीमा डुंगा डुब्दा एक दम्पतीको मृत्यु

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं- नारायणी नदीमा डुंगा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।  पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी नदीमा डुबेर दम्पतीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मध्यविन्दु–२ का ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटे रहेको जिल्ला प्रहरी कार्यालय  पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले जानकारी दिए।

डीएसपी पाठकका अनुसार बोटे दम्पती डुंगा चढेर निगुरो टिप्न नारायणी पारी गएका थिए। पारी नपुग्दै डुंगा डुब्दा दुवै जना नदीमा बेपत्ता भएका थिए। बेपत्ता दुवैको शव फेला परेको छ। मृतक दुवै को शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दुमा राखिएको प्रहरीले जनाएको छ। 

आइतबार साँझ आएको हावाहुरीका कारण डुंगा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: May 15, 2023| 08:59 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्