बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बस पर्सा बजारमा दुर्घटना हुँदा ३१ जना घाइते

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बस पर्सा बजारमा दुर्घटना हुँदा ३१ जना घाइते

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं- पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ। 
 

प्रकाशित: May 15, 2023| 08:11 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्