बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई म्याद थपका लागि अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई म्याद थपका लागि अदालत लगिँदै

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ।

आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो। प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ।

गत २० गते पक्राउ पुर्जी जारी भएता पनि उनी फरार रहेकै अवस्थामा आइतबारमात्र पक्राउ परेका हुन्। यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन्।

प्रकाशित: May 15, 2023| 06:47 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्