बुधबार, भदौ ३, २०८३

सप्तरीमा भएको युवक हत्या घटनामा चार जना समातिए

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

सप्तरी- सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। 

पूर्व–पश्चिम राजमार्गस्थित सडक किनारको खेतमा तफेजुलको हत्या भएको अवस्थामा आज शव फेला परेको हो। मृतकको शरीरमा नीलडाम र घिसारिएको चोट र दाग रहेको छ। शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

हत्याको कारण र आरोपितको पहिचान हुन नसकेको तथा अनुसन्धान भइरहेको प्रनाउ सिंहले बताए। धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाको तालिम प्राप्त कुकुरले घटनास्थलमा अनुसन्धान गरेको छ।
 

प्रकाशित: May 15, 2023| 06:55 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्