काठमाडौं- भक्तपुरमा रहेको सोफा उद्योगमा भीषण आगलागी भएको छ। आइतबार साँझ चुनदेवीमा रहेको सोफा उद्योगमा आगलागी भएको हो।
सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
अहिले काठमाडौं र भक्तपुरका ५ वटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ।