बुधबार, भदौ ३, २०८३

खाणले कागज निलेको समाचारमा सत्यता छैन: प्रहरी

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रहरीसँग दसी प्रमाण खोसेर चपाई निलेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

रिपब्लिका दैनिक नामक अनलाइनले ‘बालकृष्ण खाणले कागज चपाएर निलेको कथाको के हो वास्तविकता’ शीर्षकमा प्रकाशित गरेको समाचार भ्रामक र तथ्यहीन समाचार भएको प्रहरीले बताएको छ। 

भुटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा मात्सर माचार सम्प्रेषण गर्न प्रहरीले सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।

यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न-गराउन प्रहरीले अनुरोध गरेको हो।

यही  विषयमा आज नयाँ पत्रिका दैनिकले 'खाणले घरबाट बरामद भएको गोप्य कागज खोसे, चपाए र निले' शीर्षकमा समाचार प्रकाशित गरेको थियो। यो समाचारबारे भने प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन।

344300555_8001258211684068324.jpg

प्रकाशित: May 14, 2023| 18:40 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्