काठमाडौं- कृषिविज्ञ मदन राई कम्तीमा सात दिन प्रहरी हिरासतमा रहने भएका छन्।
राईले सञ्चालन गरेको ‘शुभद्रा मदन फाउन्डेसन’मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई सात दिन हिरासतमा राख्न खोटाङ जिल्ला अदालतले अनुमति दिएको हो।
अनुसन्धान नसकिएकाले अदालतबाट म्याद लिइएको हो। शुक्रबार पक्राउ परेका राईलाई आज अदालतमा पेश गरिएको थियो। विद्यालयसमेत सञ्चालन गर्दै आएको फाउन्डेसनले विद्यार्थीहरूलाई होस्टलमा राख्ने गरेको थियो।
होस्टलका विद्यार्थीलाई ७५ वर्षीय राईले संवेदनशील अंग चलाउने, नग्न शरीर देखाउनेलगायत अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए। यस्तो भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।