बुधबार, भदौ ३, २०८३

फुङ्लिङमा भेंडाको दूध दुहुँदै किसान

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कस्थित भेंडागोठमा भेंडाको दूध दुहुँदै  गोठाला। किसानले भेंडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन्। ताप्लेजुङमा भेंडाको घ्युु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री हुँदै आएको छ।

भेंडाको घ्यु दैनिक रुपमा भुटुनको रुपमा प्रयोग गर्नुका साथै आगोले पोलेकाका लागि र  विभिन्न प्रकारका रोगहरुका लागि औषधिको रुपमा प्रयोग हुने गर्छ। पछिल्लो समयमा चरनको अभाव र युवा पुस्ताले भेंडापालन प्रति चासो नदिएकाले भेंडागोठ लोप हुँदै गएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: May 15, 2023| 05:42 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्