बिहीबार, भदौ ४, २०८३

रूखको हाँगा खसेर कञ्चनपुरमा एक जनाको ज्यान गयो

 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

महेन्द्रनगर- रुखको हाँगा खसेर कञ्चनपुरमा आज एक जनाको मृत्यु भएको छ। सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो।

गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो। 

उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। 

घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताए। हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ। 'अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन', प्रवक्ता डाँगीले भने। शव महाकाली अस्पतालमा राखिएको छ। 
 

प्रकाशित: May 06, 2023| 17:09 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्