बिहीबार, भदौ ४, २०८३

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको ज्यान गयो

 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुंगाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

बेनी-जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खसेका थिए।

प्रकाशित: May 06, 2023| 15:59 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्