बिहीबार, भदौ ४, २०८३

लापसे गरी माइक्रो बस चलाउने ६ जना चालक पक्राउ

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा प्रहरीका विभिन्न निकायसहित प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले २० सवारी चेक गर्दा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ६ जना चालक फेला पारेको हो। 
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे)गरी माइक्रो बस चलाउने दुईसहित  ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बा७८प ९२६ नम्बरको मोटरसाइकल चालक बाराको जितपुर सिमरा उपमहानगरका २५ वर्षीय शशांक मुडवरी, बागमती प्रदेश ०२०३४प३८४५ नम्बरको मोटरसाइकल चालक बाराका २५ वर्षीय निकेश श्रेष्ठ, बा३ख४२ नम्बरको माइक्रो चालक धादिङको सिद्धलेख गाउँपालिका–७ का ३१ वर्षीय भगवान गिरीलाई प्रहरीले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाएको फेला परेपछि पक्राउ गरेको हो।

ट्राफिक प्रहरीका अनुसार ग२ख१२८७ नम्बरको माइक्रो चालक स्याङ्जाका ३१ वर्षीय सन्तोष विक, बा११च२२०० नम्बरको कार चालक रामेछापको खाडादेवी पालिकाका २१ वर्षीय अन्नबहादुर चौहान र ग१क५२५१ नम्बरको कन्टेनर चालक मकवानपुरको हेटौंडा उपमहानगर–१६ का ३२ वर्षीय रामचन्द्र प्रजालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले २० वटा सवारी चेक गर्दा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ६ जना चालक फेला परेका हुन्। 

लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउँदा चालकलगायत यात्रुको जीवनसमेत जोखिममा पर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

प्रकाशित: May 06, 2023| 14:46 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्