बिहीबार, फागुन २८, २०८२

स्वस्थ र स्फूर्त रहन महिलाले अपनाऔं यस्तो जीवनशैली

महिलाको स्वास्थ्यसँग जोडिएका कतिपय यस्ता मुद्दा छन्, जसलाई स्वयं महिलाहरुले नै ध्यान दिइरहेका हुँदैनन्।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

नेपाली समाजमा महिलाको कामको दायरा निकै फराकिलो छ। महिलाले कति समयसम्म काम गर्ने भन्ने कुनै अवधि पनि तोकिएको छैन। अर्थात् उनीहरुले सातै दिन चौबिसै घण्टा काम गर्नुपर्छ। यस्तोमा महिला स्वास्थ्य निकै महत्वपूर्ण विषय हो। 

National life

महिलाको स्वास्थ्यसँग जोडिएका कतिपय यस्ता मुद्दा छन्, जसलाई स्वयं महिलाहरुले नै ध्यान दिइरहेका हुँदैनन्। महिलाले केही सामान्य सावधानी अपनाउँदा पनि सधैं स्वस्थ र स्फूर्त रहने स्वास्थ्य विज्ञहरु बताउँछन्। घरपरिवारमा अन्य सबैको ध्यान राख्दै आफ्नै स्वास्थ्यको समेत ख्याल गरिरहनुपर्छ।

तनाव कम गरौं 
अधिकांश महिला तनाव लिइरहेका हुन्छन्, जसको असर उनीहरुको स्वास्थ्यमा पर्छ। घरभित्रकै अनेक जिम्मेवारी र घर–कार्यालय दुवै हेर्नुपर्ने हुँदा तनाव लिनु सामान्य हो। तर सामान्य लाग्ने तनावले ठूलो रोग निम्त्याइरहेको हुन्छ। त्यसैले आफूलाई कुनै समस्या छ भने विश्वासिलो साथीभाइ र परिवारका सदस्यहरुसँग बसेर समस्याको सामाधान गर्नुपर्ने हुन्छ। सधैं तनाव लिँदा बाँझोपन, डिप्रेसन, एन्जाइटी, मुटुरोग जस्तो समस्या हुनसक्छ। तनाव कम गर्न योग महत्वपूर्ण उपाय हो।

पानी धेरै खाने
चिकित्सकहरुले शरीर स्वस्थ राख्न पर्याप्त पानी खानुपर्ने सल्लाह दिन्छन्। महिलामात्र नभएर सबैलाई पर्याप्त पानी चाहिन्छ। हाम्रो शरीरको ६० प्रतिशत भाग पानीले बनेको हुन्छ, यसको अर्थ शरीरका अंग र कोषिकाहरुलाई राम्ररी काम गर्न पर्याप्त मात्रामा पानीको आवश्यकता हुन्छ। पानी धेरै खाँदा पूरै शरीरमा अक्सिजनको आपूर्ति हुन्छ। छालालाई स्वस्थ बनाउन पनि पानीले सहयोग पुग्छ। त्यसैले शरीरलाई सधैं पानी आपूर्ति गरिराख्नुपर्छ।

पर्याप्त निद्रा
समग्र स्वास्थ्यको लागि निद्रा महत्वपूर्ण कुरा हो। पर्याप्त निद्राले मस्तिष्क र शरीर स्फूर्त रहन्छ। चिकित्सकका अनुसार महिलाको लागि पर्याप्त निद्रा झनै आवश्यक हुन्छ। घरको कामधन्दा सकाउने, बच्चालाई पढाउने लगायतका कामले कतिपय महिला अबेर राति सुत्ने र विहान चाँडै उठ्ने गर्छन्, जसले गर्दा निद्रा पुगेको हुँदैन। अनिन्द्राले स्वास्थयमा नराम्रो असर परिरहेको हुन्छ। त्यसैले चिकित्सकहरुले महिलालाई ७ देखि ८ घण्टा सुत्ने सल्लाह दिन्छन्।

Laxmi sunrise bank
kumari

स्वस्थ आहार
स्वस्थ र स्फूर्त रहन चिकित्सकहरुले सबैलाई स्वस्थयकर आहार लिन सल्लाह दिन्छन्। जंक फुड र फास्ट फुडको प्रयोगले शरीरलाई हानी पुग्ने हुँदा ताजा फलफूल, तरकारी, गेडागुडी, तोफु, टुसा उमारेको खानेकुरा, ब्राउन राइसजस्ता आहारमा केन्द्रित हुनु राम्रो हुन्छ। साथै महिलाहरुमा क्याल्सियम, भिटामिन, आइरनको कमी पनि देखिने हुँदा यस्ता तत्व हुने दैनिक आहार खानुपर्छ।

आराम पनि उत्तिकै आवश्यक
सधैं एकोहोरिएर काममात्रै गर्नु हुँदैन। शरीरले मागेपछि आराम पनि चाहिन्छ। थकान लाग्दा, निद्रा लाग्दा एकछिन भए पनि आराम गर्नुपर्ने हुन्छ। यसले शरीरलाई पुनर्ताजगी प्रदान गर्छ।

हिँड्नु लाभप्रद
शारीरिक क्रियाकलाप दिनभरि नै गर्ने भए पनि आफ्नै लागि भए पनि आधा घण्टा वा २० मिनेट हिँड्नु मानसिक र शारीरिक स्वास्थ्यको लागि एकदमै लाभप्रद हुने चिकित्सक बताउँछन्। यसका साथै योग गर्नु, जिम जानु, व्यायाम गर्नु राम्रो हुन्छ। 

फाइवरयुक्त खाना
पाचन, छालाको स्वास्थ्य र पेटलाई ठीक राख्न फाइबरयुक्त खानेकुरा खानुपर्छ। 

सधैं खुशी र सकारात्मक रहने प्रयास गरौं 
घर र कार्यालयका काममा तनाव हुनु स्वाभाविक हो। तर महिलाहरुले आफ्नो साथीभाइ, घरपरिवारका सदस्यसँग समस्या सेयर गरेर समाधान गर्ने प्रयास गर्नुपर्ने स्वास्थ्य विज्ञ बताउँछन्। आफूलाई खुशी र सकारात्मक राख्न सके स्वास्थ्य राम्रो हुन्छ नै। साथै ४० वर्ष नाघेपछि नियमिति रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ।

प्रकाशित: May 06, 2023| 05:55 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्