सोमबार, वैशाख २८, २०८३

स्वास्थ्य

किमोथेरापीका लागि संगीत प्रभावकारीः अध्ययन

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

क्यान्सर पीडित बिरामी किमोथेरापी सुरु भएपछि प्रायः निराश र हतास हुन थाल्छन्, जसले गर्दा कतिपय अवस्थामा उपचार पद्धति प्रभावकारी भइरहेको हुँदैन। तर एक अध्ययन अनुसार किमोथेरापी लिइरहेका बिरामीका लागि संगीत सुन्नु निकै उपयोगी रहेको पाइएको छ।    

National life

अध्ययनअनुसार किमोथेरापी गराइरहेका क्यान्सर पीडित बिरामीलाई गीत–संगीतले सहज हुन मद्दत गर्छ। संगीत सुन्दा बिरामीको मन शान्त र प्रशन्न हुनुका साथै औषधिले पनि चाँडै असर गरेको अध्ययनमा उल्लेख रहेको छ। 

शोधका अनुसार किमोथेरापी बिरामीलाई मन परेको संगीत सुनाउनुका साथै उचारलाई पनि सँगसँगै लग्दा दिइने बान्ता–विरोधी औषधि अधिक प्रभावकारी भएको पाइएको छ। यद्यपि यी दुवै पद्धतिमध्ये कसको रेटिङ कति भनेर अलग्याएर हेर्न नमिल्ने शोधमा चेतावनी समेत दिइएको छ।

अमेरिकामा मिसिगन स्टेट युनिभर्सिटीको एक टिमले किमोथेरापीबाट हुने बान्ताका लागि संगीत सुन्ने प्रभावको अध्ययन गरेर एक नयाँ दृष्टिकोण अवलम्बन गरेका छन्।

संगीत पनि औषधिजस्तै 

कलेज अफ नर्सिङका सहायक प्रोफेसर जेसन किरनानका अनुसार संगीत सुन्ने कुरा औषधिजस्तै हो। उनले पीडा र चिन्ता दुवै न्यूरोलोजिकल (स्नायु विज्ञान) घटना रहेको र मस्तिष्कमा एउटा अवस्थाको रुपमा व्याख्या गरिएको बताएका छन्। किमोथेरापी प्रेरित बान्ता पनि पेटको स्थिति नभएर, न्यूरोलोजिकल रहेको उनले अध्ययनमा उल्लेख गरेका छन्। 

क्लिनिकल नर्सिङ रिसर्च जर्नलमा प्रकाशित स्मल पायलटको अध्ययनअनुसार किमोथेरापी उपचार गराइरहेका १२ जना बिरामीलाई उक्त प्रक्रियाका लागि समावेश गरिएको थियो, जसलाई बान्ता रोक्ने अथवा नआउने औषधि लिनुपर्ने अवस्था थियो।

बिरामीहरुले आफ्नो मन परेको संगीतलाई ३० मिनटको लागि सुन्न सहमत भएका थिए। उनले आफ्नो किमोथेरापी उपचारको क्रममा पाँच दिनमा हरेक पटक बान्ता र वाकवाकी लाग्दा संगीत हस्तक्षेपलाई अपनाए, जसबाट बिरामीले ६४ वटा घटना प्रदान गरेको अध्ययनमा उल्लेख छ।

बिरामीलाई तनावबाट मुक्ति

जेसन किरनारका अनुसा, जब हामी संगीत सुन्छौं, हाम्रो दिमाग सबै प्रकारका न्यूरोनलाई सक्रिय बनाउँछ। उनले पहिलेदेखि प्रकाशित अध्ययनको आधारमा यसमाथि शोध गर्न चाहन्छन्, जसमा अप्रिय र सुखद् संगीत सुनेपछि रगतमा प्लेटलेटद्वारा जारी न्यूरोट्रान्समिटर सेरोटोनिनको मात्रामा वृद्धि भएको पाइएको छ।

जेसनका अनुसार सेरोटोनिन प्रमुख न्यूरोट्रान्समिटर हो, जसले किमोथेरापीबाट हुने बान्ताको लागि कारक रहेको छ। क्यान्सर रोगी सेरोटोनिनको प्रभावलाई रोक्नको लागि औषधि सेवन गर्छन्।

उनले संगीतले बिरामीको तनावलाई समेत कम गरेको अध्ययनमा उल्लेख गरेका छन्।

- सहारा समय
 

प्रकाशित: Apr 26, 2023| 05:55 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्