बुधबार, माघ २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

ntc landingntc landing

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।

himalayan bank box

अछामको मेल्लेख गाउँपालिका-३ बुढाखोलास्थित सडकमा से२त ४३३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार मेल्लेख गाउँपालिका-३ बस्ने १५ वर्षीया मनिषा बुढाको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।   

दाङको घोराही उपमहानगरपालिका-३ कुईरेपानीस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०१६९ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक प्युठान नौबहीनी गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजन केसीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै कैलाली भजनी नगरपालिका-३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका-१ ठेगरपुर बस्ने २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको  छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

बाराको सिम्रौनगढ नगरपालिका-९ वसवरियास्थित सडकमा पार्किङ गरी राखेको ट्याक्टरको ट्रलीमा ना.४४ प ४९९९ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ कचोर्वा बस्ने ३५ वर्षीय बिगु जैसवालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। 

सिरहाको गोलबजार नगरपालिका-१ गुरुधाम चोकमा स.६प २०५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अर्नामा गाउँपालिका-३ महनोर बस्ने ३६ वर्षीय चन्देश्वर पालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको भूमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 20, 2023| 12:43 सोमबार, चैत ६, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्