आइतबार, कात्तिक ३०, २०८२

६ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life
Laxmi sunrise bank
kumari

उदयपुर- उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ। मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो। 

त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिए। रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ। त्रियुगा–६ का वडाध्यक्ष योगेन्द्र दाहालका अनुसार रामबहादुरको उपचारमा लाग्ने सबै नगरपालिकाले बेहोर्ने छ। 

विसं २०७४ देखि रामबहादुरले मानसिक सन्तुलन गुमाएका थिए। उनका बुबाको २०७५ सालमै निधन भएको थियो। त्यसपछि रामबहादुरलाई दिदी हस्तमायाको घरमा साङ्लोले बाँधेर राखिएको वडाध्यक्ष दाहालले बताए।

प्रकाशित: Mar 19, 2023| 20:02 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्