नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकोमा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ।
अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन्। अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ। कतै श्रीमान-श्रीमती त कहीँ प्रेमी-प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ।
यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ। रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ।
कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन्।
२०२६/२०२७ सालतिर घान्द्रुकको बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे। उनीहरु को हुन्, किन आएका हुन्, कसैलाई पत्तो थिएन। पहिलोचोटि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए।