बुधबार, भदौ १०, २०८३

सम्भावित विपद्लाई मध्यनजर गर्दै स्वास्थ्य आपतकालीन केन्द्र सक्रिय

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं- सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ।

मन्त्रालयका अनुसार आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ।

काठमाडौँका अस्पतालमा उपलब्ध तथा खाली रहेका शय्याको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको मन्त्रालयले जनाएको छ। साथै, एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरण र सेवाका साधनलाई तयारी अवस्थामा राखिएको छ।

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वय आवश्यक परेमा मन्त्रालयको हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: Aug 26, 2026| 13:50 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्