मंगलबार, वैशाख ९, २०८२

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

 |  आइतबार, माघ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

vianetvianet

दाङ- कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ७१ लाख रूपैयाँमात्र राजस्व संकलन गरेको छ।

triton college

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ। 'भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ', कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने। यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको  गुनासो रहेको छ।

गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो। यसमा नौ लाख रूपैयाँ राजस्व उठेको थियो। यो लक्ष्यको ७६ प्रतिशत हो। लक्ष्यभन्दा दुई लाख ७६ हजार रूपैयाँ कम राजस्व संकलन भएको छ। भदौमा १३ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

यसमा ६ लाख रूपैयाँ राजस्व संकलन भएको छ। लक्ष्यभन्दा सात लाख रूपैयाँ कम राजस्व संकलन भएको छ। असोजमा १३ लाख २६ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा सात लाख रूपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा ६ लाख रूपैयाँ कम हो।

कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ लाख रूपैयाँ संकलन भएको छ। यो ७०.९० प्रतिशत हो। तर पनि लक्ष्यभन्दा तीन लाख रूपैयाँ कम राजस्व संकलन भएको छ। मङ्सिरमा १३ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा नौ लाख रूपैयाँ संकलन भएको छ। यो ६५.१४ प्रतिशत हो। लक्ष्यभन्दा चार लाख ७६ रूपैयाँ कम राजस्व संकलन भएको छ।

National life insurance

पुसमा १३ लाख रूपैयाँ को लक्ष्य लिएकामा ३० लाख रूपैयाँ संकलन गरिएको छ। यो लक्ष्यको दुईसय २९ दशमलव ९२ प्रतिशत बढी हो। लक्ष्यभन्दा १७ लाख रूपैयाँ बढी राजस्व संकलन भएको निमित प्रमुख रजौरे बताउँछन्। भन्सार कार्यालयले चालु आवमा एक करोड ६५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो। भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए। भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय र मोटरसाइकलबाट प्रतिदिन दुईसय रूपैयाँ लिने गरेको उनले बताए।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jan 26, 2025| 16:08 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्