सोमबार, भदौ १६, २०८२

बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

 |  मंगलबार, कात्तिक २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

vianetvianet
Kumaribank
Metro Mart

मकवानपुर- बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ। आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो। 

बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो। यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ।

विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए। श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य छन्। उनले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए। 

प्रकाशित: Nov 12, 2024| 15:39 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्