आइतबार, माघ ११, २०८२

प्यारासुट एडभान्सड बेबी र एक-एक पाइलाको सामाजिक पहल

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

काठमाडौं- उपभोग्य वस्तुहरूको उत्पादनमा अग्रणी नाम मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण कोमल र पोषणकारी शिशु स्याहारका उत्पादनहरूको समर्पित लाइन प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ।

National life

यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको छ।

यस सहकार्य मार्फत् प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्याधिक खाँचोमा परेका कमजोर पृष्ठभूमीका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन्। यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ।

“हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ”, एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने। “प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहल मार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ। यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ।”

विशेष गरी नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एडभान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिंग क्रीम, टियर-फ्री स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रत्येक उत्पादन भर्जिन नरिवलको तेलले भरिएको छ र बच्चाहरूको संवेदनशील छालाको लागि व्यापक स्याहार प्रदान गर्न तयार गरिएको छ: नरिशिंग क्रीमले रातोपन र दागहरूबाट जोगाउन चौबिसै घण्टा मोइस्चराइजेसन प्रदान गर्छ, टियर-फ्री श्याम्पूले कपाल बिस्तारै कपाल सफा र कण्डिसन गर्छ, भिटामिन ई र एफले समृद्ध मसाज तेलले शरीरको स्वस्थ वृद्धि विकासलाई बढावा दिन्छ र रिफ्रेशिंग पाउडरले जलन-मुक्त आरामका लागि अतिरिक्त मोइस्चर अवशोषित गर्छ।

 

प्रकाशित: Oct 07, 2024| 16:22 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्