बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग

बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

काठमाडौं- बाढीपहिरो पीडितहरुको राहत तथा पुनर्स्थापनाका लागि प्रभु इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपैयाँको चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे।

मुलुकलाई विपत्ती आइलागेको अवस्थामा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए। नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले बाढीपहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भइरहेको उनको भनाइ छ।

बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दावी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए।

 

प्रकाशित: Oct 07, 2024| 16:21 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्