मंगलबार, पुस १, २०८२

पछिल्लो विपद्‍मा २४६ जनाको मृत्यु, कुन प्रदेशमा कति ?

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१

काठमाडौं- यही असोज ११ गतेदेखि आएको भारी वर्षापछिको बाढीपहिरोमा परी २४६ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ।

National life

१८ जना अहिले पनि बेपत्ता छन्। यसैगरी १७८ जना घाइते भएका छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा १३८ जनाको मृत्यु भएको छ र ७ जना बेपत्ता छन्। बागमतीमा ११५ जना घाइते भएको तथ्यांक छ। काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ, ७ जना बेपत्ता छन् र ३७ जना घाइते भएका छन्।

कोशी प्रदेशमा २० जनाको मृत्यु भएको छ र ४ जना बेपत्ता छन्। यसैगरी मधेश प्रदेशमा ९ जनाको मृत्यु भएको छ। लुम्बिनीमा २ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Oct 07, 2024| 16:15 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्