सोमबार, जेठ १८, २०८३

पाँचखालका मेयर खरेलले बाढीपीडितलाई तीन वर्षको तलबभत्ता दिने

 |  आइतबार, असोज २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

काठमाडौं- काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ताबाट १५ लाख रुपैयाँ बाढी पहिरो पीडितलाई दिने घोषणा गरेका छन्।

National life

यो रकम खरेलले काभ्रे जिल्लाका बाढी पीडितको सहयोगार्थ नगरपालिकाको राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

गत असोज १२ र १३ गते आएको बाढी पहिरोबाट काभ्रे जिल्ला निकै प्रभावित भएको छ। बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् ।

तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।

Shivam cement

 

प्रकाशित: Oct 06, 2024| 17:29 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्