आइतबार, असोज २०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफको टिकटक प्रतिस्पर्धा: प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल लाइफको टिकटक प्रतिस्पर्धा: प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार

 |  आइतबार, असोज २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैँको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

triton college

बडादसैँको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले 'हामीलाई त बडा दसैँ लाग्यो है !' नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो।

'हामीलाई त बडा दसैँ लाग्यो है !' नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने कम्पनीले बताएको छ ।

विजेता चयन भ्युज, लाइक, शेयर र प्रस्तुतिका आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले १७ असोजदेखि २४ कात्तिकसम्म सहभागी हुन सक्ने बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बडा दसैँ २०८१ को पावन अवसर पारेर आयोजना गरिएको सो मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

Metro Mart
vianet

 

प्रकाशित: Oct 06, 2024| 17:10 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्