सोमबार, मंसिर २९, २०८२

पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

 |  आइतबार, असोज २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

इलाम- पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला-भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ।  

National life

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो। डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ।

उक्त सडकको विकल्पमा गोदक-जोगमाई खोला-तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ। रासस

प्रकाशित: Oct 06, 2024| 17:31 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्