सोमबार, मंसिर २९, २०८२

पत्रकार महासंघको निर्वाचन मंसिर २८ लाई सारियो

 |  आइतबार, असोज २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

National life

मध्यपुर थिमिको बोडेमा भएको भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एकजना प्रतिनिधि र शाखा अध्यक्ष रहने गरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगो लगाउने निर्णय भएको छ। आगामी कात्तिक मसान्तसम्म सदस्यता टुंगो लगाउने निर्णय गर्दै टुंगो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।  

नेपाल पत्रकार महासंघको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो।

भेलामा पूर्वअध्यक्ष डा. सुरेश आचार्य, डा. महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो।

Laxmi sunrise bank
kumari

पत्रकार महासंघको निर्वाचन पटक पटक सर्दै आएको छ। निर्वाचन गर्न नसकेर अध्यक्ष र उपाध्यक्षले राजीनामा दिइसकेका छन्।

प्रकाशित: Oct 06, 2024| 13:50 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्