सोमबार, मंसिर २९, २०८२

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

 |  आइतबार, असोज २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

काठमाडौं- प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन्।

National life

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई आइतबार नेपालको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ राष्ट्रपतिबाट आजै दिउँसो साढे १ बजे हुँदैछ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको थियो। समितिले गत बुधबार राउतको संसदीय सुनुवाइ गरेर सर्वसम्मत नाम अनुमोदन गरेको थियो।

पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २० असोजमा उमेर हदका कारण अवकाश पाउने भएपछि न्यायपरिषद्ले दिएको न्यायाधीशको सूचीका आधारमा रिक्त हुने पदका लागि संवैधानिक परिषद्ले ३१ भदौमा वरिष्ठताका आधारमा राउतको नाम सिफारिस गरेको थियो।

राउतविरुद्ध आएका ६ वटा उजुरीमा गत मंगलबार उजुरीकर्तासँग छलफल गरेको समितिले गत बुधबार सुनुवाइ गरी अनुमोदन गरेको हो। राउत २०८२ चैतसम्म प्रधानन्यायाधीश रहनेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 06, 2024| 11:44 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्