सोमबार, मंसिर २९, २०८२

बाढीपहिरोमा २४४ जनाको मृत्यु

 |  आइतबार, असोज २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

काठमाडौं- हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन्। अन्य एक सय ७९ जना घाइते भएका छन्।

National life

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ। 

“बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उनले भने।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन्।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 06, 2024| 09:06 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्