शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवमा विविध कार्यक्रम

माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवमा विविध कार्यक्रम

 |  शनिबार, असोज १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१

vianetvianet

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ।

१८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको बैंकले जनाएको छ। हरेक वर्ष १७असोजलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

देशभर रहेका विभिन्न शाखा मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकको भनाइ छ। बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ।

बाढी पहिरोमा परी विस्थापित भएका काभ्रेको रोशी गाउँपालिका–१ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्‍केट बैंकले प्रदान गरेको छ। बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्‍केट रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो।

बैंकले २४औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफर सञ्चालनमा ल्याएको छ। बैंकले १ असोजदेखि ३० असोजसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ।

बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ। 
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदान गरिरहेको छ।

साथै बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।

प्रकाशित: Oct 05, 2024| 18:53 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्