सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होण्डा नेपालको ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना

होण्डा नेपालको ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना

 |  शनिबार, असोज १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१

काठमाडौं- होण्डा नेपालबाट बाइक तथा स्कुटर खरिद गर्ने चार जना ग्राहकहरूले जनही १ लाख रुपैयाँ नगद जितेका छन्।

National life

कम्पनीको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले नगद पुरस्कार जितेका हुन्। 

दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको होण्डा नेपालको दावी छ। 

सो योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन्। विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो। 

विजेताहरूमा तिरुमाला मोटर्स एकान्तकुनाबाट सवारी साधन खरिद गर्ने निश्चल घर्ती, युनाइटेड माटर्स प्रा.लि. भरतपुर, चितवनबाट सवारी खरिद गर्ने प्रतिमा भण्डारी, आस्था ट्रेडर्स, वालिङ स्याङ्जाबाट सवारी खरिद गर्ने सन्तोष सुवेदी र के.डी. अटोमोवाइल्स, महेन्द्रनगर, कन्चनपुरका शान्ति साउद साउद रहेका छन्। 

Shivam cement

ग्राहकहरूले ठूलो पुरस्कार जितेको देखेर र उहाँहरूसँग दशैँको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको कम्पनीले जनाएको छ। “यो पर्व खुशी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौ” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अझै चलिरहेको छ, जसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने कम्पनीले जनाएको छ। यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध छ।
 

प्रकाशित: Oct 05, 2024| 18:51 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्