सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

 |  शनिबार, असोज १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको जनाएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषमा बाढीपहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए।

प्रकाशित: Oct 05, 2024| 17:29 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्