मंगलबार, असार २, २०८३

८ किलो सुनसहित हेटौंडाबाट २ भारतीय नागरिक पक्राउ

 |  शनिबार, असोज १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१

मकवानपुर- पूर्वपश्चिम राजमार्गमा पर्ने हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडीका वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र सांगली जिल्लाका वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुट आकारको आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ। 

बरामद उक्त परिणामको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ। 

Shivam cement

प्रकाशित: Oct 05, 2024| 15:01 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्