आइतबार, मंसिर २८, २०८२

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

 |  शनिबार, असोज १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१

ललितपुर- गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्।

National life

तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ।

बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ। बाढीका कारण ढल फुटेको छ। आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ। यसले महामारी फैलने जोखिम बढाएको उनीहरुको चिन्ता छ।

ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताइन्। उनले भनिन्, 'औषधि छर्केदेखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रुपमा हटिसकेको छैन। यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ।'

नगर प्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए। उनले भने, 'विद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ। बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ। हामी व्यवस्थापनमा जुटेका छौँ।'

Laxmi sunrise bank
kumari

हावा चलेको  समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताइन्। उनले भनिन्, 'दुर्गन्ध निकै छ। बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ। गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ।' रासस

प्रकाशित: Oct 05, 2024| 17:01 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्