शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सडक भासिएपछि मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध

 |  शनिबार, असोज १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१

triton college
Metro Mart
vianet

रामेछाप- लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली-काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ।

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक-काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो।

प्रकाशित: Oct 05, 2024| 14:22 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्