शनिबार, असोज १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भाटभटेनी र लिटिल एन्जल्स समूहले आठ अर्बमा पाँचतारे अन्नपूर्ण होटल बनाउँदै

Siddartha premir insuranceSiddartha premir insurance

भाटभटेनी र लिटिल एन्जल्स समूहले आठ अर्बमा पाँचतारे अन्नपूर्ण होटल बनाउँदै

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

काठमाडौं- केही वर्षदेखि बन्द रहेको पाँचतारे होटल डेल अन्नपूर्ण भत्काएर नयाँ लक्जरी पाँचतारे होटल निर्माण हुने भएको छ।

triton college

अन्नपूर्णमा रहेको पुराना भवन भत्काएर नयाँ २५ तल्ला अग्लो पाँचतारे होटल बन्न लागेको हो। बन्न लागेको अन्नपूर्ण मुलुकको संभवत सबै भन्दा ठूलो पाँचतारे होटल हुने भएको छ।

होटलको व्यवस्थापन भारतीय प्रिमियम ब्राण्ड आइटिसीले हेर्ने भएको छ। नेपालमा आइटिसीको यो दोस्रो व्यवस्थापन हो। यसअघि भक्तपुरमा रहेको फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पाको व्यवस्थापन पनि आइटिसीले लिएको छ।

भाटभटेनी समूह र लिटिल एन्जल्स समूह मिलेर नयाँ होटल निर्माण सुरु गरेका हुन्। यि दुई व्यवसायिक समूहले पाँच महिनाअघि होटल डेल अन्नपूर्ण खरिद गरेका हुन्। अन्नपूर्णको अहिलेको पुराना भवन भत्काएर नयाँ संरचना बनाइने भएको छ। नयाँ होटलमा ८ अर्ब रुपैयाँ लगानी हुने भएको छ।

नयाँ बन्ने होटलको प्रवद्र्धक अन्नपूर्ण स्क्वायर र आइटिसीबीच होटल सञ्चालनसम्बन्धी बिहीबार सम्झौता भएको छ। अन्नपूर्ण स्क्वायरले होटल आफै निर्माण, सञ्चालन र हस्तान्तर (बूट) मोडलमा हुने भएको छ।

Metro Mart
vianet

उक्त अवसरमा अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले आगामी २०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने जानकारी दिए। उनले अन्तर्राष्ट्रिय बजारमा होटलको प्रवर्धन गर्न आइटिसीसँग व्यवस्थापन सम्झौता गरेको बताए। अब होटल अन्नपूर्णको नयाँ अध्याय सुरु भएको र लक्जरी आतिथ्यतामा नयाँ मानक कायम गर्ने उनले बताए।

गुरुङले होटलले स्तरीय सेवा दिएर पर्यटक आकर्षित गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले त्यसका लागि इमान्दार भएर काम गर्न आवश्यक रहेको भन्दै आफैंले सुरु गरेको भाटभटेनी सुपरस्टोरको उदाहरण सुनाए।

अन्नपूर्ण स्क्वायरका नाममा सञ्चालनमा आउने होटलको निर्माण ६ महिनापछि सुरु गरिने भएको छ। पुरानो संरचना भत्काएर निर्माण गरिने भएकाले डिजाइनको काम भारतकै आर्किटेक्चर कम्पनीले गरिरहेको छ।

होटलमा ३ सय ३० कोठा हुनेछन्। ४० कोठा अपार्टमेन्ट हुनेछ। होटल परिसरमा ४०० स्क्वायर फिट क्षेत्रफलमा बिजनेस कम्प्लेक्स बन्नेछ। जसमा भाटभटेनीदेखि विभिन्न ब्राण्डेड सपिङ मल र फुडकोर्ट रहने भएको छ।

अफिस कम्प्लेक्सका लागि ४०० स्क्वायर फिट क्षेत्रफल छुट्टाएर होटलमा १ हजार, २ हजार र ३ हजार मानिस अटाउने क्षमताका तीनवटा बैक्वेट हल निर्माण गरिनेछ। २५ तल्लाको संरचनासहितको होटलको अन्तिम डिजाइन केही समयमा तयार हुने सो अवसरमा जानकारी दिइएको छ। होटल कुल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार हुनेछ। होटलमा क्यासिनो पनि सञ्चालन हुने भएको छ।

आइटिसी होटल्स भारतको लक्जरी होटलको प्रिमियम ब्राण्ड हो। आइटीसी अन्तर्गत भारत र भारत बाहिरका विभिन्न ९० मुलुकमा १ सय ४० वटा होटल सञ्चालनमा छन्। ति होटलमा १३ हजार कोठा रहेको आइटिसीले जनाएको छ। नेपालको चुरोट बजारमा एकछत्र राज गरेको सूर्य नेपालमा आइटिसीको ५९ प्रतिशत स्वामित्व रहेको छ।

गुरुङले ग्राहक खोज्न धेरै टाढा जान नपर्ने र स्तरीय सेवा दिन सके ग्राहकको कमी नहुने बताए। मैले भाटभटेनी स्टोर सञ्चालनबाट जानेको सत्य यही हो’ गुरुङले भने, ‘मैले ४० वर्षको खुद्रा व्यापारबाट केही सिकेको छु। १२० स्क्वायर फुटको सानो स्टोर सञ्चालन गर्दा नजिकै केही पसल पनि थिए। कतिपय पसल बन्द भए। इमान्दार भएर ग्राहकलाई दिएको सेवाले भाटभटेनी देशव्यापीरुपमा फैलियो। हामी खुद्रा व्यापारबाट होटल व्यवसायमा आएका छौं।’

सो अवसरमा आइटिसी होटलका प्रमुख कार्यकारी अनिल चड्डाले सम्झौता नेपालको होटल उद्योगमै ऐतिहासिक भएको बताए। ‘इतिहास बोकेको होटल डेल अन्नपूर्णलाई आइकोनिक होटल बनाउने लक्ष्य लिएका छौं। सञ्चालनमा आएपछि होटलले नेपालको पर्यटन क्षेत्रमा नयाँ कोशेढुङ्गा कायम गर्नेछ’ उनले भने।

प्रकाशित: Oct 03, 2024| 21:02 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्