शनिबार, पुस ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बिन्ती ! अब सिध्याऊ यो बिहे

अम्बानी परिवार भन्दैछ- तपाईंहरु पनि भिडियो हेर्नुस् र रमाइलो गर्नुस्। यसलाई हाम्रो हैन आफ्नै बिहे सम्झनुस्।
 |  शुक्रबार, साउन २५, २०८१
nespernesper

मोहम्मद हनीफ

मोहम्मद हनीफ

शुक्रबार, साउन २५, २०८१

ntc landingntc landing

बलिउडका पुराना फिल्ममा बिहेको दृश्य अनिवार्य रुपमा हुने गर्थ्यो। बाजागाजासहित जन्ती आउँथे। जब दुलहादुलही सात फेरा लिन थाल्थे, टुटेको मन भएको एउटा दुःखी पात्रको प्रवेश हुन्थ्यो। त्यो पात्र आएर बोल्ने डाइलग हुन्थ्यो- नाइ, यो बिहे हुन सक्दैन। 

himalayan bank box

त्यसपछि फिल्म आधुनिक भए। निर्देशकहरुले बुझे- विवाह, जन्ती, ब्याण्ड बाजा बिना पनि चलचित्र बनाउन सकिन्छ। कतिपयले सोचे- वास्तविक र ठूलो कहानी त बिहेपछि सुरु हुन्छ। त्यसमा पनि फिल्म बनाउनुपर्छ।

आधा वर्ष बितिसकेको छ। यो ६ महिनामा क्रिकेट वर्ल्डकप सकियो, बेलायत र फ्रान्समा चुनाव सकियो। तर, मुकेश अम्बानीका छोरा अनन्तको बिहे अझै चलिरहेको छ।

बिहेमा तुजुक देखाउने धनीहरूको पुरानै चलन हो। पहिले मेहेन्दी, त्यसपछि जन्ती अनि बिहेको भोज हुन्थ्यो। जो सहरको धनी हुन्थ्यो उसले सारा गाउँलेलाई बोलाउँथ्यो। गाउँको मुखिया, सांसद जो भए पनि आउँथे, कुनै कलाकार-गायकलाई पैसा दिएर बोलाइन्थ्यो र उनीहरुसँग फोटो खिचाइन्थ्यो। त्यसपछि खानाको लाइन लगायो, सबैलाई भरपेट खुवायो अनि टेन्ट-कुर्सी समेटेपछि सबै आ-आफ्नो घरतिर लाग्थे। बिहे सकिन्थ्यो।

अम्बानी ग्लोबल सेठ भएकाले उनको सगुन पनि लामो हुने नै भयो। सगुन दिने सूचीमा मार्क जुकरबर्ग र बिल गेट्स पनि समावेश भए। बलिउडका तीन खानले भाँगडा प्रस्तुत गरे। जस्टिन बिबरले स्यान्डो र हाफ प्यान्ट लगाएर डान्स गरे। रिहाना र दिलजीत दोसाँझले पनि डान्स गरे। सँगै अरुलाई पनि उफारे। 

vianet

अम्बानी आफैं, श्रीमती निता र छोराछोरी पनि गानाबजानाको भिडियो देखाइरहन्छन्। मानौं हामीलाई बताउँदैछन्- हामी सेठका पनि सेठ बनिसकेका छौं तर भित्रभित्रै हामी पनि तपाईंहरुजस्तै छौं। हाम्रो मन पनि शाहरुख खान र करीना कपुर बनेर क्यामेराको अगाडि ओठ हल्लाउन चाहन्छ।

पुराना सेठहरूले पनि मजदुरको पसिनाबाट नाफा कमाउँथे। र, अहिले महासेठ आएका छन्। आजकल यस्तो लाग्छ कि केही अम्बानीका कामदार हुन् र बाँकी तिनै कामदारका कामदार। ५-६ महिनादेखि चलिरहेको बिहे हेर्दा लाग्छ- अम्बानी एक हातले हाम्रो खल्तीबाट पैसा निकालिरहेका छन् र अर्को हातले त्यही पैसा छोराको बिहेमा खर्च गरिरहेका छन्।

थाहा छैन यति लामो उत्सव भारतको सफ्ट पावर देखाउन चलिरहेको छ वा सिर्फ छोराको दिल खुस गर्न। वा कतिपयले भनेझैं हामीलाई भनिएको छ, 'अरे गरिब हो  हेर र जल।'

यो पनि सम्भव छ- अम्बानी परिवारलाई महसुस भइरहेको छ कि बिहेमा जतिसुकै करोड डलर खर्च भयो, आखिर हामीले पनि यो खर्चमा प्रत्येक रुपैयाँ योगदान गरेका छौं। उनीहरूले हामीलाई भनिरहेका छन्- तपाईंहरु पनि भिडियो हेर्नुहोस् र रमाइलो गर्नुहोस्। यसलाई हाम्रो हैन आफ्नै बिहे सम्झनुस्।

कतिपयले त भारतमा अम्बानीको जति प्रभाव भारत सरकारको समेत नरहेको बताएका छन्। त्यसैले यो बिहे हुन सक्दैन वा अब बिहे सिध्याउ भन्ने हिम्मत कसैले गर्न सक्दैन। गरिबहरूले हात जोडेर प्रार्थना गर्नचाहिँ सक्छन्- भगवानले यो जोडीलाई सधैं आशीर्वाद दिउन्। तर यो बिहे अहिलेको लागि सकियोस्।

अब टेन्ट लपेट्नुहोस्। प्रि-वेडिङ र वेडिङपछि पोस्ट वेडिङको उत्सव सुरु नगर्नुहोस्। यस्तो नहोस् कि हनिमुन होटलको बाहिर पनि क्यामेरा ठडिउन् र दलेर मेहन्दी बिहेको कुनै गीत गाउँदै गरेको देखिउन्।

त्यसपछि त हामी कुनै कामको लागि योग्य हुनेछैनौं। अन्ततः नयाँ जोडीको पनि सन्तान हुनेछ। त्यसपछि तिनीहरू हुर्किनेछन्। त्यसपछि उनीहरुको पनि बिहे हुनेछ। त्यसको भार कसले बेहोर्ने ?

हामीसँग मजदुरी गर्ने समय भएन र तपाईंको मोबाइल डाटाको बिल तिर्न सकेनौं भने यी बच्चाका पनि बच्चाको बिहेको खर्च कहाँबाट ल्याउने ?

 


- बीबीसी हिन्दीबाट
 

प्रकाशित: Aug 09, 2024| 17:05 शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्