शुक्रबार, असार २१, २०८१

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

किमाथांका- सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट २० गोठ भत्किएका छन्।

triton college

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ। विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन्।

पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिए। बाढीपहिरोबाट मकालु गाउँपालिका-२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन्। बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ। 

बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ। जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताए।

प्रकाशित: Jul 03, 2024| 13:38 बुधबार, असार १९, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्