सोमबार, पुस ७, २०८२

धार्मिक भेलामा भागदौड भएर मारिनेको संख्या १०० नाघ्यो

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

भारत उत्तर प्रदेशको एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको संख्या १०० जनाभन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको हो।

National life

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन अधिकारीहरूको छ। उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो।

भागदौडको कारण स्पष्ट भइसकेको छैन। तर सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुन सक्ने विवरण सार्वजनिक भएका छन्।

मुगलगढी गाउँमा आयोजना गरिएको हिन्दू देवता शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

पीटीआई समाचार संस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ। केही घाइतेहरूको नजिकैको अस्पतालमा उपचार हुँदै छ। घाइतेमध्ये केही बालबालिका पनि रहेको जनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 02, 2024| 20:36 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्